झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

थप १ हजार २८२ जनामा कोरोना सङ्क्रमण पुष्टि, ७ को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप  १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १५ हजार ४८८ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार २६२ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या १८ हजार ८४८ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ७ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ११ हजार १०३ जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ४ : २९ बजे