भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

विधान महाधिवेशनको तयारी पूरा गर्दै सकियो एमाले बैठक

काठमाडौं– विधान महाधिवेशनको तयारी पूरा गर्दै एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ ।

तीन दिनसम्म चलेको बैठकमा विधान महाधिवेशनका लागि अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित सर्वसम्मत पारित गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

के छ तयारी

एमाले विधान महाधिवेशन उदघाटन असोज १५ गते बिहान ११ बजेदेखि गोदावारीस्थित सनराइज हलमा अध्यक्ष ओलीले गर्नुहुनेछ । तीन दिनसम्म चल्ने विधान महाधिवेशनमा करीब ५ हजार प्रतिनिधिले भाग लिने भट्टराईले बताउनुभयो । तर, सहभागी संख्या यकिन भइसकेको छैन ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सम्पूर्ण सदस्य, केन्द्रीय विभागबाट सचिवसहित पाँच जना, घोषित जनसंगठन केन्द्रीय पदाधिकारी र वरिष्ठ सदस्य गरी १० जना, जिल्ला कमिटीका पदाधिकारी, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा, एमाले पार्टी सदस्य रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, एमाले पार्टी सदस्य रहनुभएका पालिकाका प्रमुख उपप्रमुख तथा कतिपय प्रवास कमिटीबाट पनि प्रतिनिधित्व हुनेछ । जिल्लाको निर्वाचन क्षेत्रबाट एक महिला र एक दलितलाई अनिवार्य गरिएको छ भने प्रवास कमिटीबाट पनि सहभागिता हुनेछ ।

एकीकरणपछि माओवादीलगायतका दलबाट आएका नेता कार्यकर्ता तथा सम्पूर्ण सदस्य संख्याको १० प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : २४ बजे