झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

पोस्टरमा आफ्नी पत्नीको तस्वीर नदेखेपछि मन्त्रीका छोराले कुटे कर्मचारी

काठमाडौं । भारत उत्तरप्रदेशको गौरीबजारमा शनिवार एक कार्यक्रममा कुर्सी हानाहान भयो । एकअर्कालाई गम्भीर आरोप लगाउँदै हातपात पनि गरियो । 

यो घटना कल्याण दिवस मेला कार्यक्रमका बेला भयो । विवाद के थियो भने कार्यक्रममा जुन पोस्टर लगाइएको थियो, त्यसमा गौरीबजार विकास खण्डकी ब्लक प्रमुख अनीता निषादको तस्वीर थिएन । 

यसै विषयमा विवाद शुरू भयो र बीडीओ सञ्जयकुमार पाण्डेयसँग झगडा भयो । सामाजिक सञ्जालमा अहिले यसको भिडियो भाइरल भइरहेको छ । भिडियोअनुसार यो घटनामा यूपी सरकारका पशुधन तथा मत्स्य राज्यमन्त्री जयप्रकाश निषादका छोरा विश्वविजय संलग्न देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनले आफ्ना साथीहरूसँग मिलेर कार्यक्रममा तोडफोड गरेका थिए । पोस्टर च्यातेका थिए भने अभद्र टिप्पणी पनि गरेका थिए । 

यसबारेमा विकास खण्ड अधिकारी सञ्जयकुमार पाण्डेले मन्त्रीका छोरा दलबलसाथ आएका थिए । आफ्नी पत्नी जो ब्लक प्रमुख हुन्, उनको पोस्टरमा तस्वीर नदेखिएपछि भड्किएको उनको भनाइ छ । ‘हामीले प्रतिवाद गर्दा उल्टै पोस्टर च्यात्ने र ब्लकका अधिकारी तथा कर्मचारीलाई पिट्ने गरे,’ उनले भने । 

उनले घटनाको जानकारी प्रहरीमा दिएका छन् । प्रहरीले भने ब्लकका अधिकारी र कर्मचारीमाथि अभद्र व्यवहार भएको जनाउँदै अनुसन्धान भइरहेको बताएको छ । 

(रासस)

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  २ : ०६ बजे