झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

 ११ जना प्रहरी सम्पर्कविहीन

​​​​​​​काठमाडौं । साउनदेखि सम्पर्कविहीन भएका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन आदेश जारी गरेको छ। सात दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनीसहित प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो। 

आफूखुसी गैरहाजिर हुनेहरूमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशीलगायत छन्। कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

यसैगरी, प्रहरी हवल्दारहरू हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, वीबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदमबहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ११ : ०० बजे