भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेनमाथि समूहगत छलफल जारी

काठमाडौं । नेकपा (एमाले०को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ । 

प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ ।
 
भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहमा प्रतिवेदनमाथिको छलफल जारी छ ।

यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेज पेश हुनेछन् । 

बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १ : २७ बजे