भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । 

ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा शुक्रबारबाट शुरू भएको बैठक आज पनि बस्न लागेको हो ।

शुक्रबारको बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको थियो । सो प्रस्तावमाथि छलफल गर्नका लागि शुक्रबारबाटै केन्द्रीय कमिटीमा १० वटा समूह बनाएर छलफल गर्न थालिएको थियो ।

शुक्रबारको बैठकले ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाएको थियो ।

आज पनि बिहान ११ बजेदेखि समूहगत छलफल हुने छ । त्यसपछि दिउँसो ३ बजे केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने छ । केन्द्रीय समितिले पारित गरेका प्रतिवेदन विधान महाधिवेशनमा पेस गरिनेछ ।

एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा पहिलो विधान महाधिवेशन गर्दै छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : २३ बजे