भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

काग्रेंसबाट रुष्ट भएका कार्यकर्ताले पार्टीको झण्डा भैंसीलाई बुझाइदिए …… 

काठमाडौं । महाधिवेशनमा होमिएको नेपाली काग्रेंसलाई कार्यकर्ता थामथुम पार्ने चटारो चलिरहेका बेला एक जना काग्रेंसका असन्तुष्ट  कार्यकर्ताको व्यवहारले भने हैरानी बनाएको छ ।  

पार्टीमा लामो समय काम गरेका र खटेका कार्यकर्ताले नेपाली काग्रेंससँग वाक्क भएर जब पार्टीको झण्डा भैसींलाई जिम्मा मात्र लगाएनन्  उक्त तस्बिर सामाजिक संजालमा पोष्ट गर्दै कडा टिप्पणीसमेत गरेका छन् । 
समामाजिक संजालमा  उनले आफ्नो बुबालाई प्रिय लागेको काग्रेंसको झण्डा आफुले धेरै लामो समय बोके पनि अब भने भैसीलाई चढाएको उल्लेख गरेका छन् । भैसंीलाई झण्डा बुझाउनु पर्नाको कारण दिंदै उनले काग्रेंसको झण्डा पशुलाई मात्र उपयुक्त हुने तर्क अघि सारेका छन् । 

काग्रेंसको झण्डा भैसीलाई बुझाउने युवा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नंं ५ त्यागथलीका दावा लामा हुन् । दावा लामाले लामो समय पार्टीमा काम गरेको र पार्टीका लागि झै–झगडा गर्नुका साथै कतिपटक पार्टीकै लागि कुटाइ खानुपरेपनि पार्टीले आफ्नो गाउँमा कुनै विकास नगरेको दुखेसो पोखे । ‘जति त्याग र संघर्ष गरे पनि नेपाली काग्रेंस आफुले सोचेजस्तो पार्टी नभएको निष्कर्षमा आफु पुगेर पार्टीको झण्डा भैंसीलाई बुझाए’को उनले चक्रपथलाई बताए । आफ्नो बाउबाजेदेखि नै आफुहरु काग्रेंसमा लागेको र अरु पार्टीमा नलागेको बताउँदै दावाले  काग्रेंसका नेताहरुले सधै झुटो मात्र बोल्ने गरेको र गाउँमा कुनै विकास नगरेकोले आफुले बोक्ने गरेको काग्रेंसको झण्डा भैसंीलाई  बुझाइदिएको बताए । 

‘कुनै समय एक्लैमात्र रहँदा पनि यो झण्डा बोके तर आज थाहा भयो यो त मान्छेले बोक्ने झण्डा होइन रहेछ, यो त घाँसखाने पशुले बोक्ने झण्डा पो रहेछ १’दावाले भने । 

पार्टीबाट विरक्तिनुमा आआफ्नै कारण होलान्, धेरैले धेरै पार्टी परिर्वतन गरे पनि होला तर यी युवाको विरोध गर्ने शैलीले भने यत्तिखेर धेरैको ध्यान खिचिरहेको छ । दावाको फेसबुक पोष्ट यत्तिखेर सामाजिक संजालमा भाइरल भइरहेको छ । 

 

 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : ५१ बजे