भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिने

काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिने भएका छन्। राजीनामाबारे शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी जानकारी दिने परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिनुभयो।

सदस्य सचिव खातीले परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिने निर्ण गरेको बताउनुभयो। राजीनामा दिनुका कारण र आफ्नो कार्यकालमा गरेका कामबारे पत्रकार सम्मेलनमा जानकारी दिने उहाँले बताउनुभयो । राजीनामा दिन लागेका पदाधिकारीहरू केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएकाहरू हुन् ।

 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : १३ बजे