भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

एमालेको सरकार दुई वर्ष टिकेको भए अरुपार्टीको राजनीतिक सटर बन्द हुन्थ्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले व्यापक काम गरेको देखि नसकेर हटाएको बताउनुभएको छ। 

काठमाडौंमा आयोजना गरेको एमाले विशेष प्रदेश कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो, ‘मेरो नेतृत्वको सरकारले एकैपटक तीन सयभन्दा बढी अस्पताल शिलान्यास गरयो, ‘निरोगी नेपाल’ बनाउन लाग्यो, धरहरा उभ्याईयो, ठाउँठाउँमा विकास निमार्णका काम भयो, यसले धेरै विकास गर्ने भयो भनेर षडयन्त्र भयो ।’ सही नसक्नुभएको यहीँ हो, एमाले दुई वर्ष सरकारमा रहेको भए उहाँहरूको राजनीतिक सटर बन्द हुन्थ्यो । त्यसै कारण हटाउनुपर्‍यो । ओलीले आफ्नो कार्यकालमा बनेको प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेको मा आफुलाई खुसी लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री देउवा हामीले बनाएको घरमा सर्दै हुनुहुन्छ । मलाई खुसी लाग्छ उहाँले रिबन काट्नुहुनेछ, बत्ती बाल्नुहुनेछ । घर हामीले बनायौं उहाँले बत्ती बाल्ने र रिबन काट्नुहुनेछ,प्लग हामीले बनायौं स्वीच उहाँले थिच्नुहुनेछ ।’

ओलीले राम्रा काम गरिरहेका राजदूत फिर्ता गरेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले ११ राजदूत पहिल्यै नियुक्त हुन नदिएको र बाँकी राम्रो काम गरिरहेका राजदूतलाई पनि फिर्ता बोलाएर सही निर्णय नगरेको बताउनुभयो । एमाले सरकारले गरेको विकासको बजेट काटेर अहिलेको सरकारले आफ्नो पार्टी कार्यकर्तालाई दसैँ भत्ता वितरण गर्न लागेको उहाँको आरोप थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ५ : ३२ बजे