नेकपा एसको महासचिवमा बेदुराम भूसाल चयन

काठमाडौं– माधव नेपाल समुहको नेकपा एकीकृत समाजवादी पार्टीको महासचिवमा बेदुराम भूसाल चयन हुनुभएको छ ।

भूसालसहित मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद पाण्डे, डा. गंगालाल तुलाधार, प्रकाश ज्वाला र डा. विजय पौडेल महासचिवको दौडमा हुनुहुन्थ्यो ।

अध्यक्ष माधवकुमार नेपालले बिहीबार सबै आकांक्षीसँग बसेर भूसालको नाम तय गर्नुभएको सहभागी एक नेताको भनाइ छ । नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन हुनुभएको छ । त्यस्तै उपमहासचिवमा डा विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन हुनुभएको छ । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको नेताहरुले बताएका छन् । 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ११ : ३० बजे