वर्तमान सरकारको अलोप्रियता एमालेका लागि फलदायी : अध्यक्ष ओली

नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको अलोप्रियता एमालेका लागि फलदायी हुने बताउनुभएको छ ।
आज नेपालगञ्जमा वृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताउनुभएको हो । ‘वर्तमान सरकार ७१ दिन पछि परराष्ट्र मन्त्री बनाउन सफल भयौं भनेर भोज खाँदैछ’ ओलीले भन्नुभयो ‘गठबन्धनका पाँच मुख भएकोले यसले बोल्ने बोली र गर्ने काम पनि पाँचैतिर फर्केका छन् ।’

सरकार जति लामो समय जान्छ त्यसको फाइदा एमालेलाई उत्ति नै बढी हुने ओली बताउनुभयो । ‘हामीले सरकारमा हुँदा नराम्रो केही गरेनौ । सबै राम्रो गर्ने प्रयत्न ग¥यौं’ ओलीले भन्नुभयो ‘त अहिलेको सरकारले केही राम्रो गरेको छैन । हामीले शिलान्यास गरेका सडक खारेज गर्ने,हामीले नियुक्त गरेका राजदुत फिर्ता बोलाउने काम मात्र गरिरहेको छ ।’

वर्तमान सरकारका नालायक काम र एमाले सरकारले गरेका राम्रा काम जनतामा लिएर गएर आगामी चुनावमा बहुमत ल्याउने ओलीले बताउनुभयो । माधव नेपाल प्रचण्डहरुको स्थिती आउने चुनावले देखाइदिने ओलीको भनाइ थियो।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ३४ बजे