काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मन्त्रिपरिषद बिस्तार हुने बताउनुभएको छ ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चाकर्मीसँग कुरा गर्दै यादवले दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुने बित्तिकै मन्त्रिपरिषद विस्तार हुने र सरकारले पूर्णता पाउने बताउनुभएको हो ।
दल विभाजन सम्बन्धी अध्यादेशले विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार ३ : ३६ बजे
प्रतिक्रिया