भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

विनियोजन विधेयक पारित, सरकारलाई बजेट खर्च गर्ने बाटो खुला  

काठमाडौं – विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो ।  एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । 

एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । 

संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : १५ बजे