राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्षसहितका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरतबहादुर शाहीलगायत नेता तथा  कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । 

उहाँहरूलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आइतबार आयोजित कार्यक्रममा प्रवेश गराउनुभएको हो ।

प्रवेश गर्नेमा जनमोर्चाका दैलेख जिल्ला अध्यक्ष अम्बरबहादुर नेपाली,  उपाध्यक्ष कविराज खत्री, सचिव सुरतबहादुर रावत, सहसचिव नवीन भट्टराई, सल्लाहाकार संयोजक पूर्णबहादुर शाही र सदस्य ओम रावललगायत हुनुहुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : २२ बजे