भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

भोका जुकाहरुले  पदक र विभूषणको नाकैमा कालो पोते : पूर्व प्रधानमन्त्री ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान दिवसका दिन मानपदवीका नाउँमा अलङ्कार पदक विभूषणहरूको नाकमा कालो पोतेको बताउनुभएको छ । ललितपुरको च्यासलमा पार्टीले आयोजना गरेको संविधान दिवस कार्यक्रममा भन्नुभयो,यो संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने । यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित हुन पाउनुपर्ने । सम्मानित भएको अनुभूति गर्न पाउनुपर्ने । तर, बालाई सम्मान, श्रीमतीलाई सम्मान !

मानपदवी र विभूषणहरू नातावाद कृपावाद र आ–आफ्ना मान्छे छानेर दिएको भन्दै ओलीले यो विषय सबैको लागि लज्जा जनक भएको बताउनुभयो । उहाँले इतिहासले यस्ता कामको निर्मम समीक्षा गर्ने बताउनुभयो । ‘कति हाइसन्चो, बालाई सम्मान ! श्रीमतीलाई सम्मान ! मुद्दा जिताउने र हराउनेहरूलाई सम्मान’ ओलीले भन्नुभयो ।

ओलीले शासन सत्तामा भोका जुकाहरू भएको बताउनुहुँदै हिजो अरूजस्तो पद लोलुप होइन म नातावादी कृपावादी छैन म जनताको हो भनेर गफ गर्नेहरूले आज  व्यवहारमा मौका पाउँदा लाज सरम सब भुलेर पदक बाँडेको बताउनुभयो ।  आ

उहाँले प्रश्न गर्नुभयो , ‘ आजको दिन आफ्नो बाबुको मुख हेर्ने दिन हो ? आफ्नो श्रीमतीको मुख हेर्ने दिन हो ? आफ्नो छोराछोरीको मुख हेर्ने दिन हो ?’ उहाँले, ‘थप्नुभयो कस्तो भोक ? कस्तो आकाङ्क्षा ? कस्तो अतृप्ति ? बाहिर निस्किएर भाषण गरयो भने केही चाहिएको छैन अनि सबै आफ्ना मान्छेलाई सम्मान, अलङ्कार र पदक विभूषणहरुको नाकमा कालो पोतियो ।’  ओलीले  आज मानपदवीहरु  बोल्न सक्नेभएको भए उफ्रिने बताउनुभयो ।  कस्तो,कस्तोको घाँटीमा पुग्ने भए ? बोल्न सक्ने भए उफ्रिन्थे ती । तर बोल्न सक्दैनन् ।’ ओलीले ती पदक राष्ट्रपतिबाट नबाँडेर आफैं घर लैजान पनि सुझाए दिनुभयो। उहाँले भन्नुभयो,किन राष्ट्रपतिबाट बाँड्नुपर्‍यो ? आफैं–आफैं लगेर घर जाऊ न ।’ 

झगडिया, मुद्दा हाल्ने, तथानाम बोल्ने, जे पायो त्यहीँ बोल्नेलाई पदबाट सम्मानित गरेकोमा ओलीले आक्रोश पोख्नुभयो । ‘दुईचार छुटे जस्तो लाग्यो । तिनलाई किन छोडेको होला ?, ओलीले प्रश्न गर्नुभयो ,‘मुद्दा जिताइदिने, हराइदिने, कता तराजु फर्काइदिने, आँखामा पट्टी बाधेको हुन्छ । न्यायमूर्तिहरुले तराजु कता फर्काइने ? ’

ओलीले अघिल्लो सरकारको आलोचना गर्ने पत्रकारहरुलाई छानीछानी सम्माान गरिएको बताउनुभयो । ‘अघिल्लो लोकप्रिय सरकार, सुशासन पक्षको सरकारका एक पनि सकारात्मक समाचार नदिने सञ्चारमाध्यम र तिनका पत्रकारलाई छानीछानी पदक दिएको छ । खोजी पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा लागेकालाई दिए हुन्थ्यो,’उहाँले भन्नुभयो ।
 

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  २ : १२ बजे