भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

तीन वर्षमा संविधान कार्यान्वयनमा महत्वपूर्ण कार्य गरेका छौं : प्रदीप ज्ञवाली

काठमाडौं – एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान कार्यान्वयनको चरणमा पार्टीले फ्रन्टलाइनमा काम गरेको बताउनुभएको छ ।  

एमालेद्वारा आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै ज्ञवालीले सामाजिक न्याय, समानता, पछाडि परेका वर्गको अधिकारको हिसाबले प्रगतिशील संविधान बनाएको र संघीयता कार्यान्वयनमा गएको बताउनु भएको हो । 'आर्थिक प्रशासनिक वित्तीय दृष्टिले प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउँदै पूर्णरूपमा कार्यान्वयनमा आएको छ,' उहाँले भन्नुभयो ।  

संविधान बहिष्कार गरेर र जारी भएपछि आन्दोलन गरेका शक्तिहरू मूलधारमा आएको उहाँले बताउनुभयो । 'पृथकतावादी सीके राउतहरू आज अखण्डताको पक्षमा छ । शान्तिपूर्ण प्रवाहमा विप्लव आएको छ । तीन वर्षमा कार्यान्वयनमा महत्वपूर्ण कार्य गरेका छौं । एमालेले फ्रन्टलाइनमा काम गरेको छ । यसमा सुवास नेम्वाङको भूमिका महत्वपूर्ण छ,' उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १२ : ३४ बजे