जनतालाई गोली ठोकीठोकी जारी गरेको संविधान कसरी मनाउने ? 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान गीता र महाभारत नभएकाले यसलाई स्वीकार्य बनाउने हो भने तत्काल संशोधन हुनुपर्ने बताउनुभएको छ । एक कार्यक्रममा बोल्दै नेता महतोले जनतालाई गोली ठोकीठोकी जारी गरेको संविधान कसरी मनाउने ? उहाँको प्रश्न थियो । महत्तोले भन्नुभयो, संविधानमा  मधेसी, थारु, मुस्लिम, जनजाति, खसका पहिचान र अधिकार अनि नयाँ सीमांकंनसहितको संघीयताको आवश्यकता रहेको उहाँले बताउँनुभयो । 

अहिलेको संघीयता एकात्मक खालको भएकाले संघीय लोकतान्त्रिक गणतन्त्र नाम मात्रको भएको नेता महतोले  आरोप लगाउँनुभएको छ । उहाँले भन्नुभयो जनताले मनाउने राष्ट्रिय दिवस भनेको सुखद रुपमा मनाउने खालको हुनुपर्छ । पहिलेका ६ वटा संविधान असफल भएपछि आएको यो संविधान पनि सम्पूर्ण नेपाली जनताले अपनत्व महसुस गर्ने गरी निर्माण भएन । ‘भारतमा ७० वर्षमा एउटा मात्र संविधान ले काम चल्यो, अमेरिकामा एउटा संविधानले सय वर्ष सम्म काम चल्यो  तर नेपालमा ७० वर्षमा ७ वटा बन्यो एउटा पनि सफल भएन ’ उहाँले थप्नुभयो । 

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १२ : १७ बजे