काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा रहने भएको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगर (तीनकुने पुलको दक्षिणतर्फ) रहने उक्त कार्यालय आजबाट सञ्चालनमा आउने जनाइएको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज बिहान १०:०० बजेदेखि कार्यालयको उद्घाटन गर्नुहुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
नेकपा एमालेबाट विभाजन भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरिएको थियो।
प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार ९ : ०३ बजे
प्रतिक्रिया