व्यक्तिका पछि होइन, विचार सिद्धान्तका पछि लाग्नुस् :अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिका पछि होइन एमालेको विचार, सिद्धान्त र आन्दोलनको पछि लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘एमाले सिध्याउन खोजिएको थियो तर सचेत कार्यकर्ता तपाईहरुले पार्टीलाई जोगाउनुभयो ।’ साढे ३ वर्षसम्म पार्टीमा गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने बाहेक कुनै काम नगरेको भन्दै ओलीले एमालेलाई सिध्याउन माधव नेपालले विपक्षीसँग साँठगाठ गरेको आरोप लगाउनुभयो । ओलीले भन्नुभयो, माधव नेपालले एमालेको सरकार हुँदा सरकारको प्रशंसा गरेको कहिल्यै सुन्नुभयो ? प्रतिक्रियावादी काम माधव नेपालजीको नेतृत्वमा भयो, यो पार्टी सिध्याउन उहाँले कुनै कसर बाँकी राख्नुभएन ।’

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ३ : ५६ बजे