प्रचण्ड र माधव मिलेर दुई पटक पार्टी फुटाए : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आ–आफ्नो गुट लिएर बसेको बताउनुभएको छ । 

काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको बताउनुभयो ।  

कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको ईष्या, स्वार्थले लथालिंग बनाएको ओलीले बताउनुभयो ।  

‘कम्युनिष्ट एकतालाई एक पटक प्रचण्डले पार्टी फुटाए, अर्को पटक माधवकुमार नेपाल फुटाए’, ओलीले भन्नुभयो, ‘माओवादी केन्द्र वैधानिक रूपमा नाम त छ । केन्द्र त यहाँ छ । प्रचण्ड त आफ्नो गुट लिएर बसेका छन् । माधव नेपाल आफ्नो गुट लिएर बसेका छन् ।’

तर, एमाले अझै एकताबद्ध भएर अघि बढ्ने उहाँको भनाइ थियो । परमादेशबाट होइन अब एमालेले जनादेशबाट सरकार बनाएर देखाउने ओलीको दाबी छ । 
 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ३ : ५५ बजे