दुईचार जना सढेका तत्त्वहरू बाहिरिएका हुन्, एमाले सङ्लै छ : अध्यक्ष ओली

नेकपा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाट दुई चार जना सढेका तत्त्वहरू पार्टीबाट अलगिए पनि पार्टी सङ्लै रहेको बताउनुभएको छ । 

आज काठमाडौँमा आयोजित कार्यकर्ता प्रशिक्षण भेलामा बोल्नुहुँदै अध्यक्ष ओलीले एमालेलाई  सिद्ध्याउन खोजिएपनि एमालेका सचेत कार्यकर्ताले पार्टीलाई जोगाएको बताउनुभयो । ‘हामी नेताहरूलाई त साधारण सदस्यबाट समेत हटाइएको थियो, कार्यकर्ताहरूलाई भ्याएका थिएनन्, पार्टी पक्ती जुरुक्क उठ्यो र पार्टी भत्काउन,मास्न दिँदैनौ भनेर रक्षाको पक्षमा उभियो, र पार्टी जस्ताको तस्तै खडा छ ।’ ओलीले भन्नुभयो । 

एमाले सत्ताबाट बाहिरिनु बाहेक खासै अरू फरक केही नभएको बताउनुहुँदै ओलीले एमालेको शक्ति, उद्देश्य, नीति र सङ्गठनमा खासै परिवर्तन नभएको बताउनुभयो । 

 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ३ : ३६ बजे