माधव नेपालले लिएको बाटो सही छैन : अक्ष्टलक्ष्मी शाक्य

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो सही नभएको बताउनुभएको छ । काठमाडौ जिल्ला कमिटिद्धारा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै मुख्य मन्त्री शाक्यले भन्नुभयो,–यतिबेला फुटको होइन एकजुटको राजनीति आवश्यक छ । माधव नेपालले नयाँ पार्टी बनाएर जनमत सृजना गर्छु, आन्दोलन गर्छु भन्नु ठिक होइन, आफुले दुख गरेको पार्टीबाट बाहिरिनु राम्रो होइन, एक चोटी समिक्षा गरेर एमालेलाई सृदुढ बनाउनका लागि माधव नेपालको भुमिका आवश्यक छ ।’ 

शाक्यले प्यानल नबनाउने हो भने एमाले सृदुढ हुने तर्क राख्नुभयो । गुट नबनाएर एक ढिक्का भएर अगाडि बढने हो भने एमाले ठुलो पार्टी बन्छ उहाँले भन्नुभयो । अन्तरपार्टी संघर्षलाई अक्षरस पालना गरेर देश व्यापी रुपमा अगाडि बढन कार्यकर्तालाई उहाँको निर्देशन थियो । बलियो र सृदुढ एमाले बनाउन कुनै पुर्वाग्रही र मनमुटाब विना हिजोको कुराहरु बिर्सिएर अब फराकिलो ढंगले अगाढि बढनुपर्ने उहाँले बताउनुभयो । अपानीलाई अक्षरस पालना गर्दै सम्पुर्ण कमिटी त्यही ढंगले पुर्नगठित भएर अगाडि बढन सके एमाले पुन ठुलो पार्टी बन्ने  उहाँको भनाई थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  १ : ५९ बजे