अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आज बुटवल जानुहुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जानुहुने भएको छ।

रुपन्देही जिल्लाका पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली बुटवल जान लाग्नुभएको भएको हो।

बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने बताइएको छ ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने एमाले लुम्बिनी प्रदेशका सचिव भुमिश्वर ढकालले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : ३८ बजे