कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु गर्ने भएको छ   । 

कोरोना भाइरसका कारण यसअघि दुई पटक स्थगित गरिएको परीक्षा आजबाट सुरु गर्न लागिएको हो । 

असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् भने   परीक्षार्थीका लागि चार हजार ३ सय १५ वटा परीक्षा केन्द्र तय गरिएको  बोर्डले जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।

परीक्षाको लागि अधिकांश विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।

यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो । परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने) को व्यवस्था मिलाइएको छ । 

 

 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : ५१ बजे