संविधान दिवसमा ५ सय ३४ कैदी रिहा गर्न राष्ट्रपति समक्ष सरकारको सिफारिस

काठमाडौँ — गृह मन्त्रालयले विभिन्‍न अपराधमा सजाय भोगीरहेका ५ सय ३४ जना कैदीलाई बाँकी सजाय मिनाह र ७ जनालाई आममाफी दिन सिफारिस गरेको छ । संविधान दिवसको अवसर पारेर गृह मन्त्रालयले उनीहरुलाई जेलमुक्त गर्न सिफारिस गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार असल चालचलन भएका र त्यसमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका ५ सय ३४ कैदीलाई बाँकी सजाय मिनाहाका लागि सिफारिस गरेको हो । त्यस्तै ७ जनालाई आममाफी दिन सिफारिस गरेको छ ।

असोज ३ गते संविधान दिवसको दिन बाँकी सजाय मिनाह र आममाफी पाएका केैदीको विवरण सार्वजनिक गरिने छ । 

 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : २५ बजे