बाल दिवसको अवसरमा युवा संघद्वारा खाद्यान्न तथा कपडा वितरण

काठमाडौँ –  नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले खाद्यान्न तथा कपडा वितरण गरेको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रिय युवा सङ्घ नेपालले कीर्तिपुर नगरपालिका-६, चोभार स्थित असहाय बाल आश्रमका बालबालिकाहरूको लागि खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको हो ।

राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले नेतृत्वमा गएको टोलीले बालगृहमा रहेका बालबालिकाहरूको लागी ३० बोरा चामल, लत्ताकपडा, फलफूल, तरकारी आदि आश्रमका अध्यक्षलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा सङ्घ नेपाल उपमहासचिव रामजी सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेल सहित उपाध्यक्ष सन्तोष रावल, क्षितिज थेबे (यूथ फोर्स प्रमुख), पुष्प श्रेष्ठ(यूथ फोर्स उप-प्रमुख), अशोक चौलागाईं, अञ्जना अधिकारी, सचिव विष्णुहरि त्रिपाठी, महाराज गुरुङ, प्रकाश गौतम, सीता सुवेदी, रामकाजी बान्तवा, उपमहासचिव रामजी सापकोटा, स्थायी कमिटी सदस्य निरोज पौडेल, महेश चौलागाईं, वकिल बम ,सचिवालय सदस्य: प्रदीप तिम्सिना, मन्जिव क्षेत्री, समुन्द्र तिमिल्सिना, राजु पहारी, कृष्ण जैसी र केन्द्रीय सदस्य ईश्वर लोहनी लगायतको उपस्थिति रहेको थियो ।

​​​​​​​

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ५ : २१ बजे