निर्धारित मितिमा एनआरएनएको महाअधिवेशन गर्न माग

बर्लिन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १०औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन नेपाल सरकारसँग माग गर्नुभएको छ ।  

अध्यक्ष पन्तले  वर्तमान कार्यसमितिले संस्थागत सुधारका लागि विशेष अधिवेशन गरेर नयाँ विधान संशोधन गरेको र त्यही विधानका आधारमा महाधिवेशन गर्न लागेकोसमेत जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र सार्वजनिक भएको छ । दाबी विरोधको समय छ । ” 

रासस 

 

 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : १६ बजे