नेपाली काँग्रेसको पौडेल पक्षका केन्द्रीय सदस्यहरूको बैठक बस्दै  

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जारी अधिवेशन प्रक्रियाबारे धारणा तय गर्न आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक  बोलाउनुभएको छ । 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कार्यालय सानेपामा २ः०० बैठक बोलाउनुभएको हो  ।  बैठकमा विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

काँग्रेस नेताहरूका अनुसार २१ जिल्लामा काँग्रेस क्रियाशील सदस्यता सम्बन्धी विवाद छ । विवादका कारण भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म सारिएको छ ।

बैठकमा महामन्त्री डा.शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायत उपस्थित हुने जनाइएको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : ५८ बजे