विभाजित भएर हेरियो,लछार पटार केही लागेन, एक्लै पो हुन्छु की भन्ने पीर भो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले आफु अबका एक दुई बर्ष पछि एक्लो पो हुने होकी भन्ने पीर लाग्न थालेको बताएका छन् ।  

काठमाडौंको  कमलादीमा नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा पुस्तक  विमोचन गर्दै अध्यक्ष दाहालले आफ्नो दिमागमा सायद अबका एक दुई बर्ष पछि म  एक्लो हुनु पर्ने हो की भन्ने  चिन्ता लाग्न थालेको बताए । 

कार्यक्रममा दाहालले पार्टी विभाजित गरेर केही लछारपाटो लाग्न नसकेको बताए । ‘एकचरण विभाजित भएर हेरियो लछार पटार केही लागेन त्यसकारण फेरी एक ठाउँमा आउ,ँ त्यही वैज्ञानिक हुन्छ’, दाहालको भनाई थियो । 
सबै पार्टी विभाजित भएको बताउँदै दाहालले विभाजनबाट कोही पनि अछुतो रहन नसकेको बताए । ‘माओवादी पार्टी पटक पटक विभाजित भयो, नेकपा पनि विभाजित भयो,विभाजित भएकाहरु नै हामी उफ्रिरहेका छौ ।’दाहालको भनाई थियो । 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : ३५ बजे