प्रचण्डलाई आफ्नै निर्वाचन क्षेत्रमा झड्का : सचिवालय सदस्यसहित ७१ जनाले रोजे एमाले

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रबाट ठुलो संख्यामा माओवादी कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।  

माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीका सचिवालय सदस्य बोध बहादुर गोलेसहित ठुलो सख्ंयामा माओवादी छोडेर एमालेमा प्रवेश गरेका हुन् । 

एमाले  इच्छाकामना ७ स्थित सिमलढापमा गरेको वडा कार्यकर्ता भेलामा माओवादी केन्द्रका गाउँ कमिटी सचिवालय सदस्य गोलेसहित ७१ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन । गोलेसँगै ६१ जना माओवादी केन्द्रका कार्यकर्ताहरु र नेपाली कांग्रेसका १० जना कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेको इन्चार्ज गुरुङले बताउनुभयो ।

तत्कालिन स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेद्वार समेत रहेका गोलेलाई भुमि समस्या सम्बन्धि आयोगका अध्यक्ष एवम् एमाले केन्द्रीय सद्स्य देबि ज्ञवाली, एमाले जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त्त पोखरेल लगायतले टिका लगाएर पार्टी प्रवेश गराएको एमाले इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङले जानकारी दिनुभयो । 

चितवनको एउटै गाँउपालिकाबाट ठुलो संख्यामा कार्यकर्ताहरु एमालेमा गएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नै गृह जिल्ला र निर्वाचन क्षेत्रमा ठुलो झड्का लागेको चर्चा छ । 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ४ : ५४ बजे