‘अर्मायादित’ सभामुख विरुद्ध संसद्मा निरन्तर नारावाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी एवं संसद्को सबैभन्दा ठुलो दल नेकपा एमालेले प्रनिधिसभाको आजको बैठक पनि अवरुद्ध पारेका छ ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा  एमालेले लगातार संसद  अवरोध गर्दै आइरहेको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाले एमालेले कार्वाही गरेका सांसदहरुको कार्वाही रोकेर एमाले विभाजनलाई सघाएका थिए ।  संसद्को मुल्य र मान्यताको धज्जी उडाएका सभामुखको उक्त कदमको एमालेले निरन्तर विरोध जनाउँदै आइरहेको छ । 
 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  २ : ०१ बजे