संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगीत भएको छ । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलले अवरोध गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् । 

आजको बैठकमा एमालेका सांसदहरूले रोष्टम अगाडि उभिएर नाराबाजी गरेर अवरोध सृजना गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : ५० बजे