ओलीले गर्दा बेठीक हुने, देउवाले त्यही अध्यादेश ल्याउँदा कसरी ठीक हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले शेरबहादुर देउवा पुरै असफल सभापति भएको दाबि गर्नुभएको छ । देउवाले पार्टीमा एकलौटि ढंगबाट निरंकुश शासन चलाउन खोजेको उहाँले बताउनुभएको हो ।

पत्रकारसँगको कुराकानीमा उहाँले भन्नुभयो “अहिले पार्टी सभापति नै प्रधानमन्त्री हुनुहुन्छ । यो सरकार सफल भएन भने कांग्रेस पनि सफल हुन्न भन्ने हामीलाई थाहा छ । तर हठात् संसद् बन्द गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभयो । ओलीले त्यही अध्यादेश ल्याउँदा हामीले विरोध गरेको थियौं, अहिले उहाँले त्यही काम गर्नुभयो । ओलीले गर्दा बेठीक हुने , हामीले गर्दा कसरी ठीक हुन्छ ? उहाँको प्रश्न थियो । सभामुखप्रति इंकित गर्दै उहाँले भन्नुभयो “१४ जना सांसदलाई किन नहटाएको भन्नेबारे उहाँले जवाफ दिनुपर्छ । सत्तापक्ष र प्रतिपक्षलाई समेटेर लैजाने काम सभामुखको हो ।” उहाँको भनाई थियो । 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १२ : २१ बजे