प्रतिनिधिसभाको बैठक बस्दै 

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।

सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो पटक आज प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।  आज दिउँसो १:००  बजेका लागि संसद् बैठक बोलाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच सरकारले शुक्रवार प्रतिस्थापन विधेयक ल्याएको थियो।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : २७ बजे