एमसीसी सम्झौता संशोधन हुनुपर्ने एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ ।

तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयाे ।

स्थायी समिति बैठक बसेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमसीसीमा भएका कतिपय व्याख्याहरुलाई पुनर्व्याख्या गर्नुपर्ने बताउनुभयो  । अझै बढी राष्ट्रिय हित अनुकूल बनाउनुपर्ने छ । यी सबै कुरामा आवश्यक संशोधन गरेर एमसीसी अगाडि बढाउने भन्ने त्यो बेला (तत्कालीन नेकपाको तीन सदस्यीय कार्यदल)को निर्णय हो । अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ,’ उहाँनुनुभयो  ।  

एमसीसीको बारेमा संसदीय दलमा व्यापक छलफल भएको बताउँदै भट्टराईले एमसीसी अघि बढाउने नबढाउने सरकारको हातमा रहेको बताउनुभयो । ‘सत्तारुढ गठबन्धनले पहिलो त एमसीसीलाई संसदमा टेबुल गर्नु हुन्छ कि गर्नुहुन्न त्यो हेर्दैछौं । कस्तो अवस्थामा गर्नुहुन्छ ? जस्ताको तस्तै हो कि संशोधन गर्नुहुन्छ कि ? के गर्नुहुन्छ त्यो कुरा त क्लियर छैन अहिले । त्यसो हुँदा अहिले नै हामीले बोल्नु हतार हुन्छ,’ उहाँले भन्नुभयो , ‘तर हाम्रो कुरा के छ भने तत्कालीन नेकपा कार्यदलको ‘केही संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा कायम छौं । तर त्यो निर्णयमा पुग्नुअघि सरकारको सत्ताधारी दलको पोजिसन के हुन्छ त्यो हामी हेर्दैछौं ।’

‘१० बुँदे कार्यान्वयनमा गयो’

एमाले सचिव भट्टराईले स्थायी कमिटी र केन्द्रीय कमिटीले कार्यान्वयन गरिसकेको १० बुँदे सहमतिका आधारमा भुगोलका कतिपय जिल्लाहरु पनि पुनर्गठित भइसकेको जानकारी दिनुभयो । ‘अधिकांश जिल्लाहरुमा पुरानै कमिटी बैठक भइसकेको छ । कार्यान्वयन हुने क्रममा छ । सुदूरपश्चिम प्रदेश २ र १ मा केही समस्या छ । जनसंगठनमा पनि कार्यान्वयन हुँदै गएको छ । केही व्यवहारिक कठिनाईलाई छन् । त्यसलाई नेकपा पार्टीको बृहत्तर हितमा समाधान गर्दै १० बुँदेको स्परिटमा एमालेलाई थप सुदृढ र एङ्कताबद्ध बनाउँछौं,’ उहाँले भनुनुभयो ।  

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ५ : ४९ बजे