एमालेमै बस्ने दीपक गौतमको घोषणा : एसकाे उपाध्यक्ष पद अस्वीकार

इटहरी। इटहरी उपमहानगरपालिकाको नेकपा एसका उपाध्यक्ष दीपक गौतमले पद अस्वीकार गर्नुभएको छ ।

एमाले-माओवादी एकतापछि बनेको नेकपाको इटहरी–४ का अध्यक्षसमेत रहनुभएका गौतमलाई नेकपा एस इटहरीका नेता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव केशव विष्टले उपाध्यक्ष प्रस्ताव गर्नुभएको थियो । गौतमले भने पार्टी विभाजनको पक्षमा नलाग्ने भन्दै उपाध्यक्ष पद अस्विकार गर्ने बताउनुभएको छ ।

‘विगतदेखि नै नेकपा एमालेमा आवद्ध भइ आएको सबैमा अवगतै छ । केही दिन अघिदेखि उत्पन्न पार्टीभित्रको राजनीतिक घटनाक्रमले निस्ठा र इमानदार कार्यकर्ताहरूको भावनाविपरीत पार्टी गुट-फुट हुँदै विभाजनसम्म पुगेकाले म कुनै पनि विभाजनमा नलाग्ने जानकारी गराउँछु,’ गौतमले विज्ञप्ति जारी गर्दै उल्लेख गर्नुभएको छ ।

इटहरीमा एमालेबाट निर्वाचित मेयर र उपमेयरसहित ६१ जना जनप्रतिनिधिमा दुई जनप्रतिनिधिले मात्रै नेकपा एस रोजेका छन् । मनोनित कार्यपालिका सदस्य गौरीमान परियार र वडा २ का सदस्य सन्तोष राईले मात्र नेकपा एस रोज्नुभएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  २ : ५६ बजे