काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार अपरान्ह ३ बजे फेरि बस्ने गरी स्थगित भएको छ । शनिबार बिहान ९ बजेदेखि बसेको बैठक अहिले खाना खानका लागि स्थगित गरिएको एमाले प्रवक्त प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
‘बिहान ९ बजेदेखि बैठक बसेको थियो, अहिले खाना खानका लागि स्थगित गरिएको हो । अब आजै अपरान्ह ३ बजे फेरि बस्नेछ’, उहााँले भननुभयो ।
बिहान बसेको बैठकमा पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ । यसबारे निर्णय लिन फेरि अपरान्ह ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।
प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार २ : ४४ बजे
प्रतिक्रिया