एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौँ ।  नेकपा एमालेको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । 

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुने उहाँले बताउनुभयो ।

यसअघि एमालेले शुक्रबार अपरान्ह ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको थियो। तर अधिकांश नेताहरु प्रतिनिधिसभा बैठक सहभागी रहेकाले बैठक आजसम्मलाई स्थगित भएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : ४६ बजे