एमसीसीविरुद्ध रौतहटमा आईटी आर्मीको प्रदर्शन

रौतहट – अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आईटी आर्मीले प्रदर्शन गरेको छ । 

नेकपा एमालेनिकट आईटी आर्मीको चन्द्रपुर नगर कमिटीले शुक्रवार एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।

राष्ट्रिय स्वाधीनताको रक्षाको लागि एमसीसी सम्झौता खारेज हुनुपर्ने आईटी आर्मीका युवाहरुको माग थियो । युवाहरुले महेन्द्र राजमार्गको चन्द्रपुर खण्डमा विरोध प्रदर्शन गरेका हुन् । जिल्ला अध्यक्ष नरेश तुराहाको नेतृत्वमा गरिएको उक्त विरोध कार्यक्रममा 'राष्ट्रिय स्वाधीनताको रक्षा गर, राष्ट्रघाती एमसीसी फिर्ता गर, देश बेच्न पाइँदैन, एमसीसी चाहिँदैन' जस्ता नारा लगाइएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ५ : ५५ बजे