एमालेको आजका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित 

काठमाडौं । नेकपा एमालेले आजका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ। अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक संसद बैठक चलिरहेकाले स्थगित गरिएको पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार अर्को बैठक भोली शनिबार बिहान ९ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेछ। बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ ।

नेकपा एमालेले यही असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : ३४ बजे