यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

गैरजिम्मेवार बन्दै सभामुख: प्रमुख प्रतिपक्षीको अवरोधका बीच बैठक संचालन

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् । 

शुक्रबार बसेको पहिलो बैठक एमाले सांसदको अवरोधपछि १५ मिनेट स्थगित गरिएको थियो । दोस्रो पटक बसेको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०६८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए । 

एमालेका सांसदको नाराबाजी भइरहेकाले आफूले सूचना प्रस्तुत नगर्ने सांसद सुवालले बताए । 

एमाले सांसदको नाराबाजी भइरहँदा गृहमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ पेस गरेका छन् । सो अध्यादेश बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  २ : २४ बजे