यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमसीसीबारे धारण बनाउन चार दलको बैठक जारी 

काठमाडौं – अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी)को विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ  । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको बैठक बसिरहेको छ । 

एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलरूबीच फरक फरक विचार भएपछि समान धारणा बनाउन उनीहरुको बैठक बसेको हो । 

चार दिने नेपाल भ्रमणका लागि अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएसँगै सत्तारुढ गठबन्धनसहित राजनीतिक दलहरू दबाबमा परेका छन् । 

उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेकी छन् । 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ४ : ३१ बजे