यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : सत्तारुढ दल स्पष्ट होउन् हामी हतारिएर धारणा बनाउँदैनौ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने बताएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई  भेट्न ओलीको नीजी निवास बालकोट पुगेकी एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई अध्यक्ष ओलीले आफुहरुले तत्काल कुनै धारण नबनाउने जवाफ दिनुभएको हो । 

बर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार नै स्पष्ट हुनुपर्ने ओलीले बताउनुभयो । 

भेटमा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गर्नुभएको थियो । 

बालकोट भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागि थियो । एमालेको तर्फबाट विदेश विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल लगायतका नेताहरु सहभागि हुनुहुनथ्यो । 
 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ३ : ५९ बजे