यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

कांग्रेसको नगरसभापतिमा पत्रकारसहित पाँच पक्षीय भिडन्त

इलाम – नेपाली कांग्रेसको इलाम नगर सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन् । २७ भदौमा हुने अधिवेशन नजिकिँदै गर्दा अमृललाल श्रेष्ठ, तीर्थराज गुरुङ्ग, लिला थापा, निर्मल राउत र पत्रकार सोम सुसेलीले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । 

इलामको जिल्ला सभापतिमा चार जना आकांक्षी छन् । तीमध्ये डम्बर खड्काले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । हिमालय कर्मचार्य, केशव थापा र भेषराज आचार्य पनि जिल्ला सभापतिका आकांक्षी हुन् ।

जिल्ला सभापतिका चारवटा टिम अनुसार नै नगरमा पनि टिम बनेको छ । इलाम नगर सभापतिका आकांक्षीमध्ये अमृतलाल श्रेष्ठ जिल्ला सभापतिका उम्मेदवार डम्बर खड्का निकट मानिन्छन् ।

सभापतिमा दोहोरिने दाउमा रहेका हिमाल कर्मचार्यको लाइनबाट तीर्थराज गुरुङ्ग उम्मेदवार छन् । 

कांग्रेसका निवर्तमान जिल्ला सभापतिसमेत रहेका केशव थापाको टिमबाट लिला थापा र महासमिति सदस्य भेषराज आचार्य टिमबाट निर्मल राउतले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिको निर्वातमान उपाध्यक्ष सोम सुसेली भने स्वतन्त्र उम्मेदवारका रुपमा अघि सरेका छन् ।

दुई उपसभापति हुने नगरमा अहिलेसम्म उद्योग वाणिज्य संघ इलामकी पूर्वअध्यक्ष सुशीला सापकोटाको उम्मेदवारी मात्रै सार्वजनिक भएको छ । 

यस्तै, सचिवमा हालसम्म चार जनाले उम्मेदवारी घोषणा गरेका छन् । भरत चौहान, वीरेन्द्र कार्की, निराजन भट्टराई र कृष्ण बस्नेत सचिवमा भिड्ने भएका छन् ।

जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थाहा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा निकट मानिन्छन् भने हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् । 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ३ : ०० बजे