यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्ष फातिमाबीच बालकोटमा भेटघाट

काठमाडौं । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार र एमाले अध्यक्ष केपी ओलीबीच भेटघाट भएको छ । अध्यक्ष ओलीलाई भेट्न फातिमा बालकोट पुगेकी छन् । 

बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् । एमाले टोलीमा स्थायी कमिटी सदस्य विष्णु रिमाल र राजन भट्टराई पनि सहभागी हुनुहुन्छ ।

एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नुपर्ने अमेरिकाको दबाबका बीच फातिमाको नेपाल भ्रमण भएको हो । चार दिन काठमाडौं रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्षनेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । एमसीसी संसदबाट पारित गर्ने विषयमा राजनीतिक दलहरूबीच फरक फरक मत रहेका बेला फातिमा नेतृत्वको टोलीको नेपाल भ्रमण भएको हो । 

 

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  २ : ५५ बजे