यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

स्थानीय तहमा नेकपा एमालेलाई १० प्रतिशतभन्दा पनि कम क्षति 

काठमाडौं । नेकपा एमाले विभाजन भई गठन भएको नेकपा (एकिृत समाजवादी)ले स्थानीय तहमा खासै जनप्रतिनिधि तान्न सकेन ।

दल विभाजन भएपछि २१ दिनसम्म स्थानीय तहका जनप्रतिनिधि दल रोज्न पाउने व्यवस्था गरिएकोमा समय सकिँदा ९.९४ प्रतिशत मात्र जनप्रतिनिधि नेकपा एसमा खुलेकाे पाइएकाे हाे  ।

नेकपा एमालेले स्थानीय तहमा जितेको कूल सङ्ख्या १४ हजार ७ सय १८ जना भए पनि  विभाजनको  पक्षमा जम्मा  १ हजार ४ सय ६३ जना अर्थात् ९.९४% देखिए  ।  अब स्थानीय तहमा नेकपा एमालेका  १३ हजार २ सय ५५ जना जनप्रतिनिधि बाँकी छन् । 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  २ : ४३ बजे