यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

अवरोधका बीच दलसम्बन्धी अध्यादेश पेस, अर्को बैठक २५ भदौमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गर्नुभएको छ  । बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निर्णय प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो ।

अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठक पनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख सापकोटाले बैठक स्थगित गरेका थिए । नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाले आफुहरुले कार्वाही गरेका १२ जना संसादहरुको कार्वाही गरेको सूचना नटाँसेर एमाले विभाजनमा मतियार भएको आरोप लगाएका थिए । 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ५० बजे