यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

१५ मिनेटका लागि प्रतिनिधिसभाको दोश्रो बैठक स्थगित

​​​​​​​काठमाडौं  ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि वुधवार बसेको संसदको दोस्रो बैठक पनि स्थगित भएको छ । 

एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि लागि स्थगित गरेका छन् । 

सभामुख अग्नि सापकोटाले एमाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारबाही गरेको निर्णयलाई प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो । 

अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठकपनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन् । 

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : १७ बजे