यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

बाग्मतीमा मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका १० मन्त्री (सूचीसहित)

बागमती । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरन्रेभएकाे छ। एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ ।

शाक्यले रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई सामाजिक विकास मन्त्रालय, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा दिनुभएकाे छ।

यस्तै, प्रदीपकुमार कटुवाल क्षेत्रीले स्वास्थ्य, अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुन र चन्द्र लामा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बन्नेनुभएकाे छ ।

राज्यमन्त्री पाउनेहरूमा जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनाली हुनुहुन्छ । उहाँहरूले क्रमशः भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएकाे छ । 

मन्त्री बनेका सबैले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएकाे छ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको जिम्मेवारी यस प्रकार तोकिएको छ :

१. अष्टलक्ष्मी शाक्य,मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२.केशवराज पाण्डे, मन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
३. रचना खड्का, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
४. विजय सुबेदी,  मन्त्री, सामाजिक विकास मन्त्रालय 
५. शान्तिप्रसाद पौडेल, मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
६ . प्रदिप कुमार कटुवाल क्षेत्री, मन्त्री, स्वास्थ्य मन्त्रालय 
७. डा.अजय क्रान्ति शाक्य, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
८.चन्द्र लामा,मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
९ .जिवन खड्का, राज्यमन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
१० .सरस्वती बाटी, राज्यमन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
११. जुनेली श्रेष्ठ,   राज्यमन्त्री, सामाजिक विकास मन्त्रालय
१२. बद्रि मैनाली, राज्यमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : १० बजे