यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सभामुख एमाले सिध्याउन खाेज्नेकाे मतियार बने : अध्यक्ष ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि गम्भीर आरोप लगाएका छन् । 

एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख  सापकाेटा एमाले सिध्याउन खाेज्नेहरूको मतियार बनेको बताए । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ । 

एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको उनले बताए ।  

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १२ : ५६ बजे